पितृ शोकमा थामिएन माधव नेपालको आँशु (फोटोफिचर)

0 8

काठमाडौँ, जेठ ५– माधव नेपालका पीता मङ्गलकुमार उपाध्यायले आज यस धर्तीबाट बिदा लिएका छन् ।

आज बिहान कोटेश्वरस्थित आफ्नै निवासमा उनको ९९ वर्षको उमेरमा निधन भएको हो । उनी केही साताअघि अस्वस्थ भई पाटन अस्पतालमा उपचार गरी निवासमै आराम गरिरहेका थिए ।
शिक्षासेवी, समाजसेवी तथा पण्डित उपाध्यायको आजै पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ ।
उनको अन्त्येष्टिमा छोरा माधव नेपाल निकै भक्कानिएका थिए ।
माधव उनका जेठा छोरा हुन् । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री सmadhav nepal father (6)मेत भएको उनै माधवले दागबत्ती दिएका थिए । नेता नेपालका साथमा माहिला छोरा विनोदकुमार उपाध्याय र कान्छो छोरा सरोजकुमार उपाध्याय तथा स्व उपाध्यायकी कान्छी छोरी वसुधा पोखरेल पनि थिए ।

पशुपति आर्यघाटमा उपाध्यायलाई श्रद्धाञ्जलि दि न नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली, गोकर्ण विष्टलगायतको सहभागिता थियो ।madhav nepal father (5)

त्यस्तै सिंचाइमन्त्री एनपी साउद, वाणिज्य तजा आपूर्तिमन्त्री सुनिलबहादुर थापा, श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, पूर्वमन्त्री माधव पौडेल, वरिष्ठ वामपन्थी राजनीतिज्ञ विष्णुबहादुर मानन्धर, नेकपा (संयुक्त)का नेता सुनिल मानन्धर, अधिवक्ता, साहित्यकार, कलाकार र सञ्चारकर्मीका साथै पार्टीका कार्यकर्ताको उपस्थिति थियो ।

स्व उपाध्यायप्रति श्रद्धाञ्जलि व्यक्तmadhav nepal father (4)गर्न प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत नेपाल निवास पुगेका थिए । त्यस्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायत नेता श्रद्धाञ्जलि दिन नेपाल निवास पुगेको  नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

madhav nepal father (3)madhav nepal father (2)madhav nepal father (12)madhav nepal father (11)madhav nepal father (10)madhav nepal father (9)madhav nepal father (8)madhav nepal father (13)madhav nepal father (1)