मच्छिन्द्रनाथको भोटो भेटियो

0 11
ललितपुर: वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो मन्दिरको भग्नावशेषमा भेटिएको छ ।
दुई साताको प्रयासपछि भोटोलगायत मन्दिरका गरगहना फेला परेको गुठी संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले बताए ।

मन्दिरका भग्नावशेषबाट सिलबन्दी अवस्थाका २९ बाकस निकालिएको छ । हिराजडित बहुमूल्य भोटो, गजुर र ध्वजा सुरक्षित राखिएको छ ।

बुङ्मतीमा अवस्थित मन्दिर गत वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको थियो । मन्दिर भत्केपछि भोटोलगायत देवीदेवताका गरगहना पुरिएका थिए ।