फेसबुकबाट चरित्र हत्या गर्ने रौनियार पक्राउ

0 4
अमेरिका नेतृत्वको सेनालार्इ ठूलो झट्का
एजेन्सी : आतंकबादी संगठन इस्लामिक स्टेटका लडाकूले इराकको रमादी शहर कब्जा गरेका छन् । आइएसले कब्जा जमाएपछि रमादीबाट इराकी सैनिक पछि हटेको छ । इराकी सेना हटेपछि आइएसले त्यहाँ आफ्नो जितको घोषणा गरेको छ ।

यो समाचारले अमेरिकी सेनाको अगुवार्इमा भइरहेको कारबाही अभियानलार्इ पनि ठूलो झट्का लागेको छ । सामरिक रुपमा महत्वपूर्ण यो सहरमा एक महिनायता निरन्तर लडाइँ जारी थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार आइएसका लडाकूले ठूलो संख्यामा इराकी सैनिक र सर्वसाधरणको समेत हत्या गरेका छन् ।
प्रान्तीय गभर्नरका एक प्रवक्ताले शहरको सबैजसो महत्वपूर्ण कार्यालय र भवनमा समेत आइएसले कब्जा गरेको जनाएका छन् ।

उता अमेरिकाले रमादी  सहरमा आइएसको नियन्त्रण लामो समय नटिक्ने दाबी गरेको छ । उसले यो घटनाले आइएस चरमपन्थीलार्इ कुनै फाइदा नहुने जनाएको छ ।

यो घटनापछि इराकी प्रधानमन्त्री हैदर अल अबादीले शिया मिलिसियालार्इ सुन्नी इलाकामा तैनाथ हुन निर्देशन दिएका छन् ।

यो घटनापछि चरमपन्थीले इराकस्थित मरुभूमिको इलाका कब्जा गर्ने डर छ जहाँ सन् २००३ मा सद्दाम हुसेनविरुद्ध ठूलो लडाइँ भएको थियो ।