‘बलात्कार गर्ने’ एमाओवादी नेतालार्इ गाउँलेले समाए

0 4
मुगु : महिलालाई बलात्कार गरी फरार भएका एमाओवादीका एक जिल्ला सचिवालय सदस्यलाई गाउँलेले समाएका छन् ।

दुई साता देखि फरार रामजंग शाहीलाई मुद्धा मिलाउने भनी बोलाएर गाँउलेले घरभित्र थुनेर प्रहरीको जिम्मा लगाएका हुन् ।

एमाओवादी जिल्ला सचिवालय सदस्य धैनाकोट–६ निवासी ३७ वर्षीय रामजङ्ग शाही सोही गाविसकी महिलालाई बैशाख २३ गते राति बलात्कार गरी फरार भएका थिए ।

बैशाख २३ गते राति पिसाब फेर्न निस्केकी महिलालाई मुख थुनेर गाई गोठमा लगेर बलात्कार गरी फरार भएका शाहीलाई आईतबार उनकै घरभित्र थुनी गाउँलेले प्रहरीको जिम्मा लगाएका हुन् ।

पीडित महिलाले आफू बलात्कृत भएको जानकारी उनका पतिलाई गराएपछि पीडितपक्षले शाहीमाथि कारबाही माग गर्दै प्रहरीमा उजुरी दिएका थिए ।

घटनाको भोलिपल्ट गाउँलेवे समात्न खोज्दा शाही फरार भएका थिए । जाहेरी परेपछि गाउँलेको सहयोगमा कालै प्रहरी चौकीको टोलीलाई पठाएर गाउँलेको सहयोगमा आरोपित शाहीलाई गिरप्तार गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आरोपित र पीडितलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा पु¥याएपछि स्वास्थ्य जाँच गरिएको थियो । आरोपितविरुद्ध म्याद थपगरी कारबाहीप्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मित्रबहादुर आर्चायाले बताए ।