करेन्ट लाएर माछा मार्ने युवाको ज्यान गयो

0 7
सिन्धुली: खोलामा करेन्ट लाएर माछा मार्दा यहाँका एक युवाको ज्यान गएको छ । माछालाई लगाएको करेन्ट सर्ट भई जिनाखु गाविस–२ बस्ने २५ वर्षीय दिलबहादुर घिसिङ्गको ज्यान गएको हो ।
जिनाखुस्थित ठाकुरखोलामा माछा मार्ने क्रममा करेन्ट सर्ट भई घाइते भएका घिसिङ्गलाई उपचारको लागि डकाहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।
घिसिङले विद्युतपोलबाट हुकिङ गरी सिधै खोलामा करेन्ट लाएका बताइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नदीमा करेन्ट र विष हालेर माछा वा जलचर प्रणीको शिकार गर्न स्थानीय प्रशासनले निषेध गरेको छ ।