लाप्राकको दुःखद दैनिकी ( फोटो फिचर)

0 2
लाप्राक (गोर्खा) : मनास्लु पदयात्रामा पर्ने पर्यटकीय लाप्राक गाउँका बासिन्दाको दैनिकी यति बेला फेरिएको छ। वैशाख १२ गतेको महाभूकम्पले गाउँ खण्डहर भएपछि उनीहरूको दैनिकी फेरिएको हो।
बौद्ध हिमालको काखमा रहेको यो गाउँका बासिन्दाको आतिथ्य सत्कार र संस्कृतिले पर्यटकको मन जित्ने गथ्र्यो। यो मौसममा उनीहरू हँसिलो मुहारमा पर्यटकलाई न्यानो स्वागत गर्न र कृषिकर्ममा व्यस्त हुन्थे।
गाउँमा चौबीसै घन्टा बिजुली, पानीको व्यवस्था थियो। तर, भूकम्पले जनधन र बस्ती नै लथालिंग पारेपछि यति बेला उनीहरूको हाँसो खोसिएको छ।
भूकम्पले गाउँ धरापमा परेपछि लाप्राकवासी अहिले गाउँदेखि एक घन्टामाथिको ठूलो रिङछेलुङ लेकमा सरेका छन्। भत्केको घरबाट बचेको सामान निकाल्ने र नयाँ ठाउँमा टहरा बनाउनु उनीहरूको दैनिकी बनेको छ।
नेपाली सेनाका १३, प्रहरीका दुई र सशस्त्रका २५ जनाको टोलीले उनीहरूलाई सहयोग गरिरहेको छ। कोही भत्केको घरबाट बचेका सामान त कोही स्याउला, दाउरा ओसार्दै गरेका देखिन्छन्।
लाप्राकका करिब ६ सय घर भत्किएपछि उठिबास भएकाको दिनचर्या तस्बिरमा यस्तो भेटियो :