इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलार्इ मृत्युदण्डको सजाय

0 5
एजेन्नसी : इजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीलार्इ मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०११ मा जेलबाट भागेको एक घटनामा दोषी ठहर गर्दै अदालतले शनिबार मोर्सीलार्इ मृत्युदण्डको सजाय सुनाएको हो ।
इजिप्टको कानुनअनुसार मोर्सीलार्इ मृत्युदण्डको सजाय दिनुअघि न्यायाधीशले धार्मिक नेतासँग गर्नुपर्ने प्रावधान छ । मोर्सीसँगै एक सयबढी मानिसलार्इ जेलबाट भागेको आरोपमा अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।
मोर्सीलार्इ मृत्युदण्डको सजाय सुनाइएको सम्बन्धी घटना सन् २०११ मा भएक हो । इजिप्टका तत्कालीन राष्ट्रपति होस्नी मुबारकविरुद्ध प्रदर्शन भइरहेका बेला हजारौंको संख्यामा मानिसहरु जेलमा बन्दी थिए ।
जेलमा रहेका ती बन्दीलार्इ भगाउनमा मोर्सीले भूमिका खेलेको आरोप त्यहाँको सरकारले लगाएको थियो । मोर्सी यसअघिबाटै जेलमा थिए । २० वर्षको जेल सजाय सुनाइएपछि उनका समर्थकले प्रदर्शन गरेका थिए ।
मोर्सीमाथि आफ्नो शासनकालका क्रममा प्रदर्शनमा उत्रेका मानिसलार्इ गिरफ्तार गरी उनीहरुलार्इ यातना दिएर देशनिकाला गरेको आरोप लागेको थियो । सोही प्रकरणमा उनलार्इ २० वर्षको जेल सजाय सुनाइएको थियो । त्यहाँस्थित सेनाले जुलाई 2013 मा मोर्सीको सरकारमाथि कू गर्दै आफ्नो हातमा शासनसत्ता लिएको थियो ।
त्यसपछि इजिप्टमा मोर्सीको मुस्लिम ब्रदरहुड मूभमेन्टमाथि प्रतिब्नध लगार्इ उनका हजारौं समर्थकलार्इ गिरफ्तार गरियो । मोर्सीका समर्थकहरुले भने यो फैसलालार्इ राजनीतिबाट प्रेरित रहेको बताएका छन् । उनीविरुद्ध चलाइएका सबै मुद्धा राजनीति प्रेरित रहेको उनीहरुको आरोप छ ।