सन्नी लियोनीलार्इ देशनिकाला गर्न माग

0 7
एजेन्सी : भारतस्थित हिन्दू जनजागृति समिति (एचजेएस) ले शुक्रवार बलिउड अभिनेत्री सन्नी लियोनीलार्इ देश निकाला गर्न माग गरेको छ ।
त्यो संगठनले सन्नीले नाङ्गा फोटा सार्वजनिक गरेर सामाजिक विकृति फैल्याएको जनाउँदै देश निकाला गरेपछि भारत प्रवेशमा रोक लगाउन समेत माग गरेको छ।
समितिले यो माग सन्नीले आफ्नो वेबसाइटमार्फत समाजमा अश्लिलता फैल्यार्इ महिलाको गरिमालार्इ गिराएको जनाउँदै उनलार्इ देशनिकाला गर्न भनेको हो ।
एचजेएसका प्रवक्ता उदय धुरीले बताएअनुसार एचजेएसले मुम्बर्इको डोबिवलीस्थित रामनगर पुलिस अफिसका प्रमुख सुनिल शिबडकरकहाँ उजुरी दर्ता गरिएको छ ।
‘उजुरी हाम्रा स्थायी प्रतिनिधि अञ्जली पालन  र अन्य कार्यकर्ताले दर्ता गराएका हुन्’, उनले भने, ‘केही सातायता हामीलार्इ सन्नीले अश्लिलता फैल्याएकोबारे दर्जन बढी गुनासा आइसकेका छन् । तर पुलिसले अहिलेसम्म कारबाही अघि बढाएको छैन ।’
वेबसाइटमा देखाइयो नाङ्गा तस्बिर’
स‍न्नी लियोनीमाथि आफ्नो वेबसाइटमार्फत नाङ्गा र भड्किला तस्विर राखेर अश्लिलतालार्इ बढावा दिने काम गरेको आरोप लागे‍को छ ।
सन्नीका कारण भारतीय युवाहरु गलत बाटोमा हिँडिरहेको जनाउँदै एचजेएसले भारतीय महिलाको पनि अपमान भइरहेको आरोप लगाएको छ ।एचजेएसले सन्नीको वेबसाइटमा प्रतिबन्ध लगाउन पनि माग गरेको छ ।