नेपाली नियोगमार्फत झन्डै डेढ अर्ब संकलन

0 6
काठमाडौं, २ जेठ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विदेशस्थित नियोगहरुमार्फत झन्डै डेढ अर्ब रुपैयाँ सहयोग रकम जम्मा भएको छ । विभिन्न १२ देशका नेपाली नियोगले कोषमा सहयोग रकम दाखिला गरेको हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार नियोगमार्फत ३१ वैशाखसम्ममा एक अर्ब ३८ करोड ७६ लाख ९२ हजार चार सय ६१ रुपैयाँ कोषमा संकलन भएको छ । सबैभन्दा बढी सहयोग चीनस्थित नेपाली दूतावास र वाणिज्य दूतावासमार्फत आएको नयाँ पत्रिकामा खबर छ।

 

दुवै निकायले हङकङ सरकारबाट ६७ करोड ६२ लाख १९ हजार, मकाउ सरकारबाट २५ करोड ५२ लाख रुपैयाँ, विभिन्न संघसंस्थाबाट १० करोड १२ लाख रुपैयाँ संकलन गरी पठाएको मन्त्रालयले जनाएको छ।

थाइल्यान्डबाट पनि थाई राजदम्पतीबाट व्यक्तिगत सहयोग ६ करोड आठ लाख ३२ हजार र थाइल्यान्ड सरकारबाट दुई करोड रुपैयाँ सहयोग प्राप्त भएको छ ।