’रेड स्टिकर’ भवनमा छिरेर पुस्तक जोगाउँदै विद्यार्थी

0 4
काठमाडौं, २ जेठ – भित्र छिर्नै जोखिम भनिएका भवनमा सुरक्षाको तयारीविनै हुलका हुल विद्यार्थी पुस्ताक उद्धारमा खटिने गरेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनलाई इन्जिनियरले रेड स्टिकर टाँसेका छन् । तर, विद्यार्थी सुरक्षा तयारीबिना पुस्ता उद्धारका लागि भित्र छिर्ने गरेका छन्।

पुस्तक मिलाउँदै गर्दा २९ वैशाखमा शक्तिशाली भूकम्प गएपछि सो भवनमा कर्मचारी भित्र जानसमेत डराउँछन् । माओवादीनिकट चारवटा विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरुले जोखिमपूर्ण केन्द्रीय लाइब्रेरीमा छिरेर छरपस्ट पुस्तक मिलाउने काम गरे।

 

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निदेर्एशनालयका कार्यकारी गंगा थापाले उद्धारका लागि एकपटकमा ५०/६० जनाको संख्यामा आउन आग्रह गरेको नयाँ पत्रिकामा खबर छ।

अनेरास्ववियु क्रान्तिकारीका संयोजक रमेश मल्लले त्रिवि केन्द्रीय पुस्तकालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पत्ति भएकाले जोखिम मोलेर जोगाउन लागेको बताए।