भूकम्पपछि पशुपति क्षेत्र (फाेटाे फिचर)

0 1

काठमाडौ, वैशाख ३१ – वैशाख १२ गते गएको ७ दशमलब ६ रेक्टर स्केलको महाभुकम्पले काठमाडौंलगायत भक्तपुर, ललितपुर, बनेपालगायत सहरका थुप्रै मठ मन्दिर र देवालय भत्काइदियो ।

भूकम्पले धेरै क्षति पुर्‍याए पनि पशुपतिनाथ मन्दिरलाई भने ठूलो क्षति पुर्‍याएको छैन । तर, पशुपति क्षेत्रमा पर्ने केही सम्पदाहरु भने भत्किएका छन् । मंगलबार आएको अर्को भूकम्पले विश्वरुप मन्दिरलगायत मृगस्थली क्षेत्रका थुप्रै ऐतिहासिक सम्पदामा क्षति पुगेको छ । विश्वरुप मन्दिर भत्किएको छ । मृगस्थलीका ९ वटा शिवालयमा पनि भूकम्पले क्षति पुर्‍याएको छ ।

You might also like More from author