मुटुको अपरेसन गरिरहँदा भूकम्प गयो, भागाभाग भयो कि अपरेसन चलिरह्यो ?

0 17

काठमाण्डु, १ जेठ– गत मंगलबार गएको भूकम्पका बेला गंगालाल हृदय केन्द्रका दुई वटा शल्यक्रिया कक्षमा विरामीको मुटुको अपरेसन चलिरहेको थियो । अचानक फेरि भूकम्प गयो । त्यसपछि के भयो होला ? नागरिक दैनिकमा यस्तो समाचार छः

गंगालाल हृदय केन्द्रका दुई वटा शल्यक्रिया कक्ष मै दुई विरामीको मुटु खोलिएको थियो । बिरामीको शल्यक्रिया सकाएर हार्टलङ मेसिनबाट निकाल्ने तयारी हुँदै थियो । अर्को बिरामीको मुटु भर्खरै बन्द गराएर मुटु र फोक्सो सञ्चालन गराउने कृत्रिम सर्कुलेटर मेसिनमा जोडिएको थियो । शल्यक्रियामा संलग्न मुटु सर्जन डा. रवीन्द्र तिम्लाको टिम मुटुभित्रको भल्ब फेर्ने प्रक्रियामा थियो । पूरै भवन हल्लिन थाल्यो । शल्यक्रिया कक्षमा जडान गरिएको लाइट, ओटी टेबल पूरै हल्लिन थाल्यो ।

मंगलबार १२ः५० को शक्तिशाली धक्का आउँदा मुटुरोग उपचारको प्रमुख अस्पताल गंगालाल र चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिस एवं ट्रान्सपलान्ट सेन्टरमा चार वटा प्रमुख शल्यक्रिया जारी थियो । गंगालालमा डा. ज्योतिन्द्र शर्मा नेतृत्वको टिमले दुई वटै शल्यक्रियामा मुटुको प्रमुख शल्यक्रिया ओपन हार्ट सर्जरी गर्दै थियो । शर्मा नेतृत्वको टिमले गरेको शल्यक्रिया सकिएर मुटु नर्मल सञ्चालनको तयारी हुँदै थियो ।

अर्को शल्यकक्षमा डा. तिम्लाको टिम थियो । ती विबरामीको मुटुको कृत्रिम सञ्चालको अवस्थामा लागेर भल्व फेर्ने क्रम चल्दै थियो ।
मनमोहन कार्डियोथोरासिसमा डा. भगवान कोइराला नेतृत्वको टिमले ओपन हार्ट सर्जरी गर्दै थियो भने अर्को शल्य कक्षमा डा. प्रकाश सायमीको टिम थोरासिस सर्जरीमा थियो ।

मानिस जीवित रहनका लागि एक मिनेट पनि रोकिन नहनुे महत्वपूर्ण अंग मुटु र फौक्साको कृत्रिम रुपमा सञ्चालन भइरहेको अवस्थामा भूकम्पपछि केहीबेर मात्र पनि शल्यक्रिया टोलीले साथ छाडेको भए ज्यान जाने अवस्था थियो । दुवै अस्पतालका जिम्मेवार चिककित्सकले त्यो कहालीलाग्दोे क्षणलाई सामना गरेर शल्यक्रिया सके ।

डा. कोइरालाले बुधबार आफनो फेसबुक वालमा त्यो भयावह क्षण व्याख्या गर्दै लेखेका छन् ‘भूकम्पले पाँच तले भवन हल्लिन थाल्यो । शल्यक्रिया हँदै थियो, हाम्रो खुट्टले टेकिरहेको थिएन, ओटीका लाइटहरू हल्लिन थाल्यो । प्यासेन्ट भुँइमा खस्न लागे । टबेल सबै हल्लिन थाल्यो । चेस्ट र्यिाक्टरको सहयोगले मैले बिरामीलाई खस्नबाट जोगाएँ ।

डा. शर्माका अनुसार कृत्रिम मेसिनमा जोडिरहेको मुटुलाई छाडेर गएको भए मुटु चलाउन हालेको क्यनुला फुत्किएर छाछुल्ल भएर एकै छिनमा बिरामीको मृत्यु हुन सक्थ्यो । उनले भने भल्बहरु बाँधेको धागो फुत्कएर सबै रगत जान सक्थ्यो ।

चिकित्सकहरुका अनुसार वयष्कमा एक मिनटेमा पाँच लिटर रगत मुलुले पम्प गर्छ । केहीबेर मात्र क्यानुलाले छाडे वा धागो खुस्किए बिरामीको ज्यान जान सक्छ ।

मंगलबारको पहिलो ठूलो धक्कापछि पनि क्रमिक रुपमा आएका तीन धक्कामा पनि दुवै शल्यक्रिया टोलीले ओटी छाडेन । दोस्रो पल्ट पनि उत्तिकै ठूलो लाग्ने धक्का आउँदा चाहिँ शल्यक्रिया कक्षमा केही नर्स रुन थाले अन्य केही कराउँन थाले । तर कसैले पनि ओटी छाडेनन् डा. कोइरालाले भने ।

त्यो क्षण सम्झदै डा. कोइरालाले भने फलामको वसतुहरु एक अर्कामा ठोक्किँदाजस्तो आवाज आइरहेको थियो । मलाई लाग्यो मैले शल्यक्रिया गर्ने आज अन्तिम दिन हो । कृत्रिम तरिकाले चलाइरहेको मुटु छामेर हेर्दा ठीक थियो । मैले विरामीको मुटु छामे ठीकै थियो । तर हार्टलङ मेसिन अफ भएको थिएन ।

डाक्टर जोत्न्द्रि शर्माले चिकित्सकले त्यस्तो विपत्तिको समयमा इमान्दार भएर धर्म छोड्न नहुने दायित्व पुरा गरेको बताए । आफ्नो धर्म नै त्यही हो, बिल्डिङ नै कोल्याप्स भएको भए के हुन्थ्यो, भन्न सक्दिन तर अघिपछि ओटीबाट भाग्न मिल्दैन, उनले परिवार , आफन्त र घर गुमाएका सैनिक प्रहरी पनि उद्धारमा खटिरहेको भन्दै चिकित्सकले पनि आफनो दायित्व निर्वाह गरेको बताए ।