कालोबजारी गर्ने व्यापारी नयाँ बसपार्कबाट समातिए

0 6

काठमाडौं : भूकम्पबाट देशमा विपद परेका बेला कालोबजारी गरेर उपभोक्ता ठग्ने तीजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको नयाँ बसपार्कमा खुद्रा पसल सञ्चालन गर्ने तीनजना व्यापारीलाई उपभोग्य सामानमा चर्को मूल्य लिएको अभियोगमा महानगरीय प्रहरी परिसर हुनमान ढोकाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नयाँ बसपार्कमा खुद्रा पसल गर्ने अर्घाखाँचीको चिनडाँडा–५ का २९ वर्षीय पदमबहादुर केसी, दोलखाको सुनरावती–१ का ३१ वर्षीय गणेशप्रसाद सिवाकोटी र अर्घाखाँचीको कागतीटार–४ ३२ वर्षीय कुलप्रसाद न्यौपाने रहेका छन् ।

यी व्यापारीले ८० रुपैयाँमा आउने रेडबुल ९० रुपैयाँमा र ६५ रुपैयाँ पर्ने रेडस्टार पेय पदार्थ ८० रुपैयाँमा बेच्दा बेच्दै गर्दा बिहीबार दिउँसो रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कालोबजारी गर्ने तीनैजनालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाउन महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाइएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जानकारी दिएको छ ।