अमेरिकी हेलिकोप्टर अझै भेटिएन, खोजी कार्य जारी

0 3
दोलखा : मंगलबारदेखि हराइरहेको अमेरिकी  सेनाको हेलिकोप्ट बिहीबार दिनभर खोजी गर्दा पनि केही पत्ता लागेको छैन।
बुधबार र बिहीबार दिनभर आकाश र जमिनमा विशेष अप्रशेन गर्दा पनि विमानको अवस्थाबारे केहीसंकेत फेला परेको छैन। बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि  पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो ।
हराइरहेको विमानको अवस्थाबारे अहिलेसम्म केही पत्ता नलागेको दोखलाको बर्दबहादुर गणका गणपति प्रमुख सेनानी विश्वास विक्रम शाहले बताए । हराइरहेको विमानको सर्च अप्रेशन टिमको बेस बर्दबहादुर गणमै रहेको छ। सर्च अप्रेशनको समन्वय त्यहीबाट भइरहेको छ।
नेपाली सेना, भारतीय वायुसेना र अमेरिकी सेनाका हेलिकोप्टरले पटकपटक दोलखा  र आसपासको क्षेत्रमा परिक्रमा गर्दा पनि अहिलेसम्म हेलिकोप्टरको इमरजेन्सी लोकेटर ट्रान्समिटर इएलटी सिग्नल पनि पत्ता लागेको छैन ।हेलिकोप्टरको खोजी कार्य अझै जारी रहेको जानकारी सेनाले दिएको छ।
तीन दिनसम्म पनि कुनै सिग्नल फेला नपरेपछि हेलिकोप्टर सुरक्षित भेटिने आस अब लगभग सकिएको ब्रिफिङ सर्च अप्रेशनमा टोलीले दिएको जानकारी स्रोतले बताएको छ। जंगल वा कुनै खोचमा फसेको  हुनसक्ने आशंका पनि गरिएको छ । तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।वैशाख २९ गतेको शक्तिशाली भूकम्पछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा अमेरिकी सेनाको हेलिकोप्टर सम्पर्कबिहिन भएको थियो ।

 

You might also like More from author