भूकम्प प्रतिरोधी घरको डिजाइन तयार

0 10

काठमाडौं, वैशाख ३१ – सरकारले भूकम्पबाट गुमाएकाहरुका लागि सस्तो घरको डिजाइन गरेको छ । राष्ट्रिय योजना आयोग र सहरी विकास मन्त्रालयले तयार पारेको उक्त डिजाइन आइतबारसम्ममा मन्त्रिपरिषद्मा बुझाउनेछ ।

आयोगका उपाध्यक्ष गोविन्द पोखरेलका अनुसार डिजाएनका विषयलाई दुई संस्थाले भने पारित गरिसकेका छन् ।

‘बुधबार बसेको आयोग तथा मन्त्रालयको बैठकले डिजाईनलाई स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘ यी डिजाइन भविष्यमा अन्य घर बनाउनका लागि पनि प्रयोग गर्न सकिने खालका छनु ।’

वैशाख १२ यता बारम्बार आएको भूकम्पका झड्काका कारण मुलुकभर ५ लाख भन्दा बढी घर ध्वस्त भएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।