सडक दुर्घटनामा बचेकालाई भुकम्पले लग्यो

0 7

सिन्धुली, ३१ वैशाख – प्राकृतिक विपत्तिले कसैलाई कति क्रुर भएर पछ्याउँदो रहेछ।  रानीचुरी- १ फिटिङका गोपाल जोशीको परिवारमा भएका भयानक दुई दुर्घटनाले यस्तै अकल्पनिय अवस्था सिर्जना गरेको छ।

गोपालको परिवारका श्रीमती, छोरासहित ५ जना सदस्यको ३ बर्ष ८ महिनाअघि भएको भयानक बस दुर्घटनामा निधन भएको थियो। त्यति ठूलो दुर्घटनामा परिवारका अधिकांश सदस्य गुमाएका गोपालले शोकलाई शक्तिमा बदलेका थिए।

 

पत्निले छाडेर गएपछि उनले आफूलाई बलियो बनाउँदै नयाँ शिराबाट आफूलाई समाजमा पुनस्थापना गरेका थिए । एक वर्षअघि बैशाख १२ गतेकै दिन उनले अर्को विवाह गरेका थिए। त्यो भयानक दुर्घटनालाई बिर्सने प्रयास गरे पनि विपत्तिले उनलाई छाडेन।

 

यही बैशाख १२ गते गएको महाभुकम्पले विवाहको पहिलो वार्षिकोत्सवकै दिन गोपाल, पत्नी रमा र उनकी पहिलो पत्नीतिरकी छोरी प्रतीमालाई लिएर गयो । कान्तिपुर दैनिकमा समाचार छ।