महाभूकम्पले हल्लायो अर्थतन्त्रको जग, दुई वर्षको बजेट बराबरको क्षति

0 4

३० वैशाख, काठमाडौं । वैशाख १२ गते महाभूकम्पले हल्लाएको अर्थतन्त्रलाई मंगलबार आएको अर्को धक्काले तहसनहस बनाएको छ । मंगलबार फेरि आएको शक्तिशाली भूकम्पका कारण करिब दुई वर्षको बजेट बराबरको क्षति भएको अनुमान गरिएको छ ।

१२ गतेदेखि १८ दिन निरन्तर गएको भूकम्पले करिब १२ खर्बको क्षति भएको अनुमान गरिएको छ । नेपालको चालू आर्थिक वर्षको बजेट ६ अर्ब १८ अर्ब रुपैयाँ हो । यसप्रकार विगत १८ दिनमा करिब १२ खर्बको क्षति हुनु दुई वर्षको बजेट बराबर रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रारम्भिक तथ्यांकअनुसार वैशाख १२ गते आएको महाभूकम्पबाट अर्थतन्त्रलाई करिब सात खर्ब क्षति भएको अनुमान गरिएको छ । यो कुल अर्थतन्त्रको करिब ३० प्रतिशत हुन आउँछ ।