घर छोडेर फेरि पालमुनि (फोटो फिचर)

0 13
काठमाडौं: वैशाख १२ को  विनाशकारी भूकम्पको अठार दिनपछि आएको अर्को शक्तिशाली भूकम्पले  राजधानी बासीको बिचल्ली भएको छ।  अब ठूलो भूकम्प आउँदैन भनेर घरभित्र छिरेका राजधानी बासी मंगलबार मध्यान्हको भूकम्पपछि फेरि  घर छाडेर पालभित्र पस्न बाध्य भएका छन्।
भूकम्पको त्रासबाट  केही हदसम्म मुक्त भएर सामान्य बन्दै गरेको काठमाडौंको जनजीवन फेरि आतंकित भएको छ।  मध्यान्हको भूकम्पपछि राजधानीबासीहरु खुल्ला चौर, बागमती किनार, खेतबारी लगायतका स्थानमा पाल टांगेर फेरि सुकुम्बासीको जीवन सुरु गरेका छन्।
भूकम्प सकियो भन्दै गाउँबाट काठमाडौं फर्किएका राजधानीबासीहरु मंगलबार बेलुकादेखिनै पुन घर फर्किन थालेका छन्। स्कूल जाने तयारीमा रहेका बालबालिकाहरु फेरि त्रस्त बनेका छन्। अफिस नियमित हुन थालिसकेका कर्मचारीहरुलाई पनि फेरि भूकम्पले तर्साएको छ।