मंगलबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५८ पुग्यो (अपडेट)

0 2
भूकम्पबाट ११ सय बढी घाइते 
काठमाडौं : मंगलबार मध्यान्ह गएको भूकम्पमा परेर देशभरी ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । भूकम्पले दोलखामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी सिन्धुपाल्चोकमा ९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी रामेछापमा ४ जनाले ज्यान गुमाएका छन् । भूकम्पले सिन्धुलीमा २ जनाको ज्यान गएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौ‍ उपत्यकामा ५ जनाको मृत्यु भएको छ।

सुनसरीमा एकजनाको भूकम्पमा ज्यान गएको खबर छ । त्यसैगरी धनुषा, रौतहट, सर्लाही र गोरखामा पनि एक एक जनाले ज्यान गुमाएका छन्

भूकम्पबाट अहिलेसम्म ११ सय जना घाइते भइसकेको गृहमन्त्रालयले जानकारी दिएको छ । भूकम्पबाट घाइते हुनेमा काठमाडौंमा ३ सय ५५, ललितपुरमा १ सय ६८, भक्तपुरमा १ सय ८२, सिन्धुपाल्चोकमा १ सय, दोलखामा २४, काभ्रेमा ३८, रामेछापमा ५, दाङमा २, तेह्रथुममा ४, सिराहामा ५, सप्तरीमा ३ र सुनसरीमा २ जना  छन्। अन्य जिल्लाकासहित घाइतेको संख्या ११ सय माथि पुगेको हो।