मंगलबारको भूकम्पले १० जनाको ज्यान गयो

0 4

दोलखा : मंगलबार मध्यान्ह गएको ७.३ म्याग्निच्यूटको शक्तिशाली भूकम्पले दोलखामा ५ जनाको ज्यान गएको छ ।

त्यसैगरी सिन्धुपाल्चोकमा ४ जनाको ज्यान गएको छ । भूकम्पमा पुरिएर काठमाडौको टेकुमा एकजनाको ज्यान गएको महानगरी प्रहरी परिसरले जानकारी दिएको छ ।

भूकम्पमा परेर कमाठमाडौंमा ७० जना घाइते भएका छन् । त्यसैगरी भक्तपुरमा २५ जना घाइते भएका छन् । ललितपुरमा घाइते हुनेको संख्या ६५ रहेको छ ।