भूकम्पले दोलखा र सिन्धुपाल्चोकमा फेरि ठूलो क्षति

0 4

२९ वैशाख, काठमाडौं । मंगलबारको भूकम्पबाट विभिन्न जिल्लामा क्षति पुगेको रिपोर्ट आउन थालेको छ । ललितपुरमा १०७ जना घाइते भएको प्रहरीले प्रारम्भीक जानकारी दिएको छ ।

ललितपुरको ओमकार पोलिक्लिनिक भत्किएको छ । अघिल्लो भूकम्पले क्षति पुगेका कारण उक्त भवनमा रातो स्टिकर टाँसिएको थियो । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा केही घरहरु भत्किएका छन् ।

दोलखा सदरमुकाममा भूकम्पले क्षति पुर्‍याएको छ । सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु आजको भूकम्पबाट भत्किएका छन् । चौतारा, मेलम्ची र हगाम लगाउतका गाउँमा केही व्यक्ति घाइते भएको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।

दोलखा र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर भूकम्प आएकाले सो क्षेत्रमा पुनः क्षति भएको छ । रामेछापका विभिन्न गाउँमा पहिरो गइरहेको स्थानीयले बताएका छन्