फेरि शक्तिशाली भुकम्पः गोंगबू क्षेत्रमा फेरि क्षति

0 3

काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् ।

यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो ।
गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ ।
भित्रि क्षेत्रमा अहिलेसम्म केहि पनि जान सक्ने अवस्था नभएकाले त्यहाँ मानविय क्षति भए नभएबारे अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले बताए । अहिले सो क्षेत्रका अधिकांश मानिसहरु खुल्ला ठाउँमा रहेका त्रसित अवस्थामा रहेका छन् ।