नेपालमा फेरि अर्को शक्तिशाली भूकम्प

0 10

काठमाडौं । नेपालमा पुन: अर्को शक्तिशाली भूकम्प गएको छ । दोलखाको सुनखानी केन्द्रबिन्दू भएको ७.३ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।   बैशाख १२ मा ७.६ म्याग्निच्यूटको भूकम्प गएयताको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । मध्यान्ह १२ बजेर ५६ मिनेटमा गएको यो भूकम्पको धक्का पूर्वी नेपाल, मध्य नेपाल, काठमाडौ उपत्‌यका, पश्चिम नेपाल र भारतका केही भागसम्म महसुस भएको छ ।