‘भारतीय वायुसेनाको महत्त्वपूर्ण योगदान’

0 2
काठमाडौं (अन्नपूर्ण) : भारतीय वायुसेनाले भूकम्पपीडितको उद्धारमा चाख नदिई आफ्नै नागरिकको उद्धारमा केन्द्रित भएको समाचार भ्रामक भएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाको संयोजकत्वमा भारतीय सेनाको सर्च एन्ड रेस्क्यु टिम, मेडिकल टिम तथा वायुसेनाको टोलीले काठमाडौंबाट भूकम्पपीडित क्षेत्रमा चार सय ७७ पटक उडान गरी एक हजार तीन सय ५७ विदेशी तथा एक सय ६४ विदेशी नागरिकलाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ।
भूकम्पबाट प्रभावित जिलामा काठमाडौंबाट एक लाख ९२ हजार केजी खाद्यान्न भारतीय वायुसेनाले पुर्‍याइसकेको नेपाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
त्यस्तै भारतीय वायुसेनाले पोखराबाट एक लाख ५० हजार केजी खाद्यान्न प्रभावित क्षेत्रमा पुर्‍याएको र नौ सय २० जनाको उद्धार गरेको नेपाली सेनाले उल्लेख गरेको छ।
-Source : Annapurna Post