मनमैजुमा एक युवकले गरे झुण्डिएर आत्महत्या

0 3

गोपिकृण्ण चापागाई/ बैशाख २६, काठमाडौं ।

काठमाडौंको तार्केश्वर नगरपालिका–२०, मनमैजुमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । शुक्रबार सकुशुल सुतेका २४ बर्षिय प्रदिप दवाडीले बिहान उठ्दा आफ्नै घरको माथिल्लो तल्लाको भर्याङमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

पुरानो घर गोरखा भएका दवाडीको गोरखाको घर भुकम्पले भत्किएको छ । परिवारको एक्लो छोरा रहेका प्रदिप दवाडीको बाबु दालचन्द्र दवाडी गोरखा गएको र शुक्रबार आमा र आफु घरमै रहेको बेला आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । उनले आत्महत्या गरको कारण भने अहिलेसम्म खुलेको छैन ।

 

 

शुक्रबार राति सकुशल सुतेका दवाडी शनिबार बिहान उज्यालो भएर हेर्दा छतमा जाने भर्याङमा झुण्डिएको अवस्थामा देखिएको स्थानियले बताए । अहिले दवाडिको शब पोष्टमाटमको लागि महाराजगंज स्थित शिक्षण अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

source : sajhasabal