कांग्रेसभित्र सरकारको अालोचना

0 2

काठमाडौं, वैशाख २८ – भुकम्पपीडितको उद्धार र राहतको काममा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै काग्रेस संसदीय दलमै सरकारको आलोचना भएको छ । पार्टीसँगको समन्वयमा समेत राम्रो नभएको गुनसो गर्दै सभासद्हरुले अब हुने पुननिर्माण काममा बिषेश ख्याल गर्न प्रधानमन्त्री एवं सभापति सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् । बैठकमा प्रधानमन्त्री कोइरालाले सरकारको तर्फबाट व्यवस्थापनमा कमिकमजोरी रहेको स्वीकार्दै यसलाई ठूलो बिषय नबनाइकन अब पुनिनर्माणमा सहयोग गर्न आग्रह गरे । उनले पीडितहरुलाई राहत पुर्‍याउने र पुननिर्माण गर्ने काममा सरकार संवेदनशील भएर लागिरहेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।