थप अमेरिकी सैनिक आउँदै

0 3

काठमाडौं, वैशाख २८ – सरकारले विदेशी सेना बाहिरिरहेको भनिरहदाँ अमेरिकाबाट हेलिकप्टरसहित थप सेना आउने भएका छन् । विकट क्षेत्रमा राहत वितरण सहज पार्न भन्दै अमेरिकाले ५० वायुसेना र यूएच–१ हुए हेलिकप्टछर पठाउन लागेको हो । अमेरिकी राजदूत पिटर डब्लु बोडीले खोजी उद्धारमा आउका सेना फर्किरहेको उल्लेख गर्दै थप केही सेना ल्याउने विषयमा सरकारसँग छलफल भइरहेको बताए । आशा छ नेपाली सेनाको संयोजनमा काम गर्न तालिमप्राप्त विज्ञसहित टोली आउनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।