भूकम्प पीडितलाई ‘टनेल घर’

0 5

काठमाडौं, वैशाख २८ – बीई चौथो वर्षका विद्यार्थी अमन राज क्याम्प परिसरमा नमुना ‘टनेल’ घर निर्माण गर्दै थिए ।  सिन्धुपाल्चोक, काभ्रे, सिन्धुलीलगायतका जिल्लाबाट नमूना घर हेर्न आउने भीड थियो । घरको फाइदा, बेफाइदा, र मूल्यबारे उनीहरु विद्यार्थी विनोद नेपालसँग जानकारी लिंदै थिए ।

उनी घरबारे जानकारी दिन व्यस्त थिए । एकै दिनमा बनाउन सकिने भन्दै उनले छिटो, छरितो र सस्तो मूल्यमा निर्माण गर्न सकिने बताए ।  ‘त्रिपाल, टेन्ट भन्दा राम्रो छ, संक्रमणकालीन अवस्थामा ज्यादै उपयोगी हुन सक्छ’ उनले भने ।

भत्केकै घरको ढुंगा, इट्टा, काठ र जस्तापाता प्रयोग गर्न सकिने उनले  बताए । पाकिस्तान, इजरायललगायतका मुुलुकमा विस्थापितका लागि टनेल घर निर्माण गरिएको उनले बताए । सरकारले तत्काल स्थायी संरचना निर्माण गर्न नसक्ने भन्दै उनले यस्ता घर वषर्ात, गर्मी छल्न धेरै उपयोगी भएको बताए ।

गर्मीमा जस्तापातामाथि प्लाष्टिक, त्यसमाथि खर र छ्वाली प्रयोग  गर्न  सकिने उनको भनाई छ । ‘यसले भित्र गर्मी हुंदैन’ उनले भने, ‘चार जना परिवार लागि यो अति उपयुक्त छ, हामीले  नमुनामात्र दिएका हौं, बनाउने काम सरकार हो’ । घर निर्माणका लागि आर्किटेक्चरका विद्यार्थी  गाउं पठाउने उनको भनाइ छ । जस्तापाताको संख्या बढाएर घरको आकार बढाउन सकिने उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।