भूकम्पपीडितले प्रचण्डलाई भने – जनयुद्धमा भात खुवायौं, अब हामीलाई खुवाउनुहोस्

0 4
गोरखा, २८ वैशाख – गोरखाका भूकम्पपीडितले एमाओवादी अध्यक्ष प्रचण्डसँग राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले जनयुद्धमा आफूहरुले सहयोग गरेको र विपत्तिमा परेकाले अहिले आफूहरुलाई सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका छन्।

‘जनयुद्धमा तपाईंहरुलाई भात खुवायौं,’ १२ वैशाखको भूकम्पको केन्द्रविन्दु बारपाककी ६२ वर्षीया रोशनी घलेले शनिबार प्रचण्डलाई भनिन्-‘अहिले भूकम्पले हाम्रो भात लग्यो, हामीलाई केही खुवाउनूस्।’

एमाओवादी अध्यक्ष प्रचण्ड शनिबार बारपाक, लाप्राक र गुम्दाको स्थलगत निरीक्षणमा पुगेको नयाँ पत्रिकामा खबर छ । उनीसँग पीडा सुनाउँदै रोशनीले थपिन्-‘सरकार भन्ने हामीलाई थाहा छैन्, हिजो पनि तपाईंलाई हेरेर युद्धमा लागेका हौं।

 

आज पनि हामीलाई तपाईंकै भरोसा छ।’ खुला आकाशमा रात विताइरहेका भूकम्पपीडितले जमिन पनि भासिएकाले गाउँमा बस्नसमेत गाह्रो भएको गुनासो गरेका थिए। स्रोत अनलाईन खबर