१४ जिल्लामा ४ अर्वको खाद्यान्न नष्ट

0 5
काठमाडौं, २८ वैशाख – भूकम्पले बढी क्षति पुर्‍याएकाे १४ जिल्लामा मात्र करीव ४ अर्ब मूल्य बराबरको खाद्यान्न नष्ट भएको कृषि विकास मन्त्रालयले जानकारी दिएको आर्थिक अभियान दैनिकमा खबर छ।

ती जिल्लामा संचित गरी राखिएको १ लाख ३२ हजार मेट्रिक टन खाद्यान्न भूकम्पका कारण नष्ट भएको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए।

 

नष्ट भएका खाद्यान्नहरुमा धान, चामल, मकै, कोदो, गहुँ लगायतका धेरै छन् । मन्त्रालयले २ महिनाका लागि खब ६ अर्वको खाद्यान्न आवश्यक रहेको जनाएको छ।