पत्रपत्रिकाबाट – भूकम्पका कारण सगरमाथा आरोहण घोषित रुपमै बन्द

0 9
वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण यो वर्ष सर्वोच्च शिखर सगरमाथा आरोहण रोकिएको छ।

भूकम्पका कारण सगरमाथा आधार शिविरमा गएको पहमपहिरो र पटक पटक गइरहेको भूकम्पका धक्काले जोखिम बढाएका कारण आरोहण बन्द भएको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए। विभाग आरोहण रोक्ने पक्षमा नभए पनि आइसफल डक्टरले बाटो बनाउँन नसक्दा सगरमाथा प्रदूषण नियन्त्रण समितिले आरोहण गर्न नसकिने जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ।

समितिले अब यो वर्ष बाटो बनाएर आरोहण गर्दा नभ्याईने जानकारी दिएको छ। यस पटक गएका अधिकांश आरोहीसमेत फिर्ता आइसकेकोले आरोहण हुन नसक्ने विभागले जनाएको छ। सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मे महिनाभित्र मानिन्छ। अब आवश्यक तयारी पूरा गर्न र आधार शिविरबाट आरोहण अभ्यास गर्न नभ्याइने भएकोले आरोहण नहुने विभागको भनाइ छ।