पत्रपत्रिकाबाट – १५ जिल्लामा तीन अर्ब रुपैयाँ बराबरको खाद्यान्न आवश्यक

0 5
सरकारले विनाशकारी भूकम्पबाट अतिप्रभावित १५ जिल्लाका लागि तत्काल तीन अर्ब रुपैयाँ बराबरको खाद्यान्न आवश्यक रहेको तथ्यांक सार्वजनिक गरेको छ।

कृषि विकास मन्त्रालयअन्तर्गतका निकायले गरेको अध्ययनले तत्काल १५ जिल्लामा उक्त परिणामबराबरको खाद्यान्न आवश्यक रहेको देखाएको छ। मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले १५ जिल्लामा दुई लाख ८ हजार टन खाद्यान्न आवश्यक रहेको जानकारी दिए। यसका लागि तीन अर्बजति खर्च लाग्ने उनले बताएकोनागरिक दैनिकमा खबर छ।

कृषि जनगणना २०६८ अनुसार हिमाली तथा पहाडी जिल्लामा त्यहाँ उत्पादित अन्नले एक वर्ष पनि खान पुग्दैन। त्यसमाथि पनि भूकम्पले अलिअलि भएको अन्नपात पुरिएपछि झन् संकट देखिएको मन्त्रालयको भनाई छ। जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालका अधिकारी भूकम्प अतिप्रभावित क्षेत्र पुगेर तथ्यांक संकलन गरेको मन्त्रालयले जनाएको छ।