पत्रपत्रिकाबाट – भूकम्मा हराइरहेकालाई खोज्न जादा प्रहरीसहित २७ पहिरोमा फसे

0 3
रसुवा:महाभूकम्पपछि आएको पहिरोमा हराइरहेकाको खोजीमा रसुवाको हाकु, गोगने पुगेका आफन्त र नेपाल प्रहरीका ९ सदस्यसहित २७ जना शनिबार दुईतर्फी पहिरोको चेपुवामा परेका छन्।

फिस्टेल एयरको हेलिकप्टरबाट शनिबार अपराह्न ४ बजतिर पहिरो पन्छाउँदै हाकु-८, गोगने पुगेका उनीहरु लगत्तै आएको ठूलो पहिरोमा फसेका हुन्। आफु पहिरोको बीचमा फसिरहेको उद्धार टोलीमा रहेका प्रहरी सहायक निरीक्षक विक्रम केसीले जानकारी दिए। दिउँसो ४ः३० बजे प्रहरी जवान मनोज मिश्र र हराइरहेका कामदार सल्यानका चित्रमान पुनको शव फेला परेको नागरिक दैनिकमा खबर छ।

प्रहरीसँगै गएका पुनका छोरा रणबहादुर बाबुको शव भेटिए पनि आफैं मर्ने अवस्थामा पुगेको भन्दै भावविह्वल छन्। माथिबाट ठूलाठूला ढुंगा झरिरहेका छन्, हामी त्रिशूली किनारनजिक ठूलो ढुंगाको आड लिएर बसिरहेका छौं, केसीले भने। उनका अनुसार त्यहाँ शनिबार राति ठूलो पानी परिरहेको छ, ढुंगा खस्न रोकिएको छैन।