पत्रपत्रिकाबाट – भूकम्पमा कस्ता घर जोगिन्छन्, कस्ता भत्किन्छन् ?

0 4
धादिङकी २२ वर्षीया सीता मगरलाई साथीहरुले जिस्कँदै भनेका थिए- त्यहाँ त भूकम्प गयो भने केही पनि रहँदैन।

गुजुमुज्ज पुराना घर, बीचमा एक-दुई दाम, एक-दुई आनामा बनेका अग्ला घर जब हेर्थिन् उनको मन ढक्क फुल्थ्यो। संयोगले बैशाख १२ गते शनिबार भूकम्प जाँदा उनी पसलमै थिइन्। पसल खोलेर उनी सरसफाइमा मात्रै के लागेकी थिइन् तला हल्लिन् थाल्यो। उनी सम्झिन्छिन्, ’बढार्दै थिएँ। पसल हल्लिन थाल्यो। भूइँचालो आयो भन्ने थाहा भैहाल्यो । अब असनमा भूइँचालो आएपछि बाँचिन्न जस्तै लागेको थियो। धन्न बाँचियो।’

पछि उनी भागेर असनको गल्ली निस्किन्, तर त्यहाँका कुनै घर भत्केको देखिनन्। उनले भनिन्, ’भुइँचालो आयो भने असनका सबै घर खत्तम हुन्छन्, कोही बाँच्दैनन् भनेर भनेका थिए, तर अन्त हेरि यहाँ केही नभएको देख्दा अचम्मै लागेको छ।’हुन पनि काठमाडौंको पुरानो वस्ती रहेको असन र यसका आसपासका क्षेत्रमा भूकम्पले त्यति धेरै क्षति नगरेको कान्तिपुर दैनिकमा समाचार छ।

काठमाडौंको माटो र संरचनाको अन्तरसम्बन्ध सम्बन्धि शोधकर्ता इन्जिनियर दिपेन्द्र गौतमका अनुसार काठमाडौंका घना बस्ती भएको असन लगायत धेरै ठाउँमा पहिले अनुमान गरिएजति धनजनको क्षति भएको छैन। उनका अनुसार धेरैजसो घरहरु कम क्षेत्रफलमा बनेका संरचना,  आकार-प्रकार नमिलाई एवं भिरालो जग्गामा बनेका भवनहरु विशेषतः क्षति भएको देखिएको छ।