प्रहरीसहित २७ पहिरोमा फसे

0 4

महाभूकम्पपछि आएको पहिरोमा हराइरहेकाको खोजीमा रसुवाको हाकु गोगने पुगेका आफन्त र नेपाल प्रहरीका ९ जनासहित २७ जना दुईतर्फि पहिरोको चेपुवामा परेका छन् । नागरिक दैनिकमा समाचार छ ।

फिस्टेल एयरको हेलिकप्टरबाट शनिबार अपरान्ह पहिरो पन्छाउँदै हाकु ८ गोगने पुगेका उनीहरु लगत्तै आएको ठूलो पहिरोमा फसेका हुन् ।  शनिबार प्रहरी जवान मनोज मिश्र र कामदार सल्यानका चित्रमान पुनको शव फेला परेको छ ।