बौद्ध परिवार र दोसन्सा गुम्बाको सामुहिक दिप प्रज्ज्वलन सम्पन्न

0 3
सुरज गुरु, दोसन्सा, २६ वैशाख – भूकम्पबाट पीडितको चिर सान्तिको कामना गर्दै बौद्ध परिवार र दोसन्सा गुम्बाद्धारा सामुहिक दिप प्रज्ज्वलन सम्पन्न भएको छ।

मातृभूमिमा हालै गएको बिनाशकारी महाभूकम्पमा परि दिवंगत भएका मृत आत्माको चिर शान्तिको कामना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै देशले अव यस्तो किसिमको वियोग सहन नपरोस भन्दै भूकम्प पीडित महानुभावहरुलाई धैर्य धारणा गर्ने शान्ति मिलोस भन्ने कामना र प्रार्थना गर्दै नेपाल बौद्ध परिवार र दोसन्सा गुम्बाको सामुहिक दिप प्रज्ज्वलन दोसन्सा गुम्बामा राखिएको शान्ति दिप अगाडीको प्रांगणमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको हो।

दीप प्रज्ज्वलन कार्यक्रममा दोसन्सा गुम्बाका लामा र भक्तजनहरुबाट पूजा पाठ र मन्तव्य राखी कार्यक्रम शुरु भएको थियो। उक्त कार्यक्रममा नेपाली राजदुताबासका महामहिम राजदुत कमानसिंह लामा र श्रमसहचारी अनिल गुरुको विशेष उपस्थिति रहेको थियो भने एन.सि.सि.का अध्यक्ष लोचन राई, नेपाल आदिबासी जनजाति महासंघका भक्त शेरचन, थकाली सेवा समाजका भरत तुलाचन, बाग्लु सम्पर्क समितिका यम श्रस मगर, रुपन्देही सम्पर्क समितिका प्रितम गुरु, नेवा पुचःका कष्ण मुस्यान, हेलम्बु, मुस्ताका पदाधिकारीहरु र नागर्जुन गुम्बाका प्रमुख लामा उर्गेन तामा, ईन्छन गुम्बाका लामा र नेपालबाट आउनु भएका अशोक भन्ते नेपाली र कोरियनहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

दीप प्रज्ज्वलन कार्यक्रममा राजदुत लामाले दुःखद घडीमा भावनाको आदन प्रदान र सहयोग गर्ने गुम्बाका लामा र भक्तजनहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुले दुःखद घडीमा सहयोगको लागि कार्यक्रमको व्यवस्था पन मिलाई दिनु भएकोमा प्रमुख लामालाई धेरै धन्यवाद दिनु भएको थियो ।

दोसन्सा गुम्बाका प्रमुख लामाले दोसन्सा गुम्बाले श्रीलङ्काका गरिव विद्यार्थीहरुको स्कुलको लागि बर्षौ अगाडी देखी प्रत्यक महिनाको १०,००० डलर (दश हजार डलर) दिदै आईरहेको छ । नेपाली गरीव विद्यार्थीको स्कुलको लागि पनि दिने छलफल भई रहेको अवस्थामा अचानक नेपालमा बिनासकारी महाभूकम्पबाट धेरै धनजनको नोक्सान भएको कारण देसन्सा गुम्बाबाट नेपालका लागि दिने भनेको १०,००० यु.एस. डलर र यस रकममा केही थप गरेर ३०,००० डलर–५०,००० डलर केही महिना भित्र दिने प्रतिबद्धता दिनु भएको थियो ।