अमेरिकाको लागी नवनियुक्त राजदूत डा. अर्जुन बहादुर कार्की वाशिंगटन डिसीमा

0 4

खेम भट्टचन, वाशिंगटन डिसी – नेपाली राजदूतको पदभार सम्हाल्न अमेरिकाको लागी नव निनयुक्त डा. अर्जुन बहादुर कार्कीहिहजो सुक्रबार सांझ वाशिंगटन डिसी आईपुगेका छन् ।

वाशिंगटन डिसी स्थित नेपाली दुताबासका कार्यबाहक राजदूत रिषीराम घिमीरे, मिनिस्टर काऊन्सिलर नारायण प्रसाद मैनाली लगायतको टोलीले नयां राजदूतलाई एअरपोर्टमा स्वागत गरेका थिए ।

एअरपोर्टबाट सिधै भर्जिनियाको म्याकलिन गएर कार्यबाहक राजदूत रिषीराम घिमिरेको आयोजना भएको स्वागत–रात्रीभोजमा सहभागी भए ।

दोहा कतार हुंदै ४ बजे दुल्लास ईन्टरनेशनल एअरपोर्ट ऊत्रेका नयां राजदूत डा. कार्की राजदूतको निबास्थान डिसी पुग्दा मध्यरात भयो ।

ईन्टरनेशनल रिरलेशन तथा डेभलप्मेन्ट विषयमा २० बर्षको अनुभबी डा० कार्कीले बेला़यतबाट पिएचडी गरेका छन् ।

बेलायतकै लण्डन स्कुल अफ ईकोनो मिक्स र अमेरिकाको हार्भार्ड बिश्व बिध्यालयबाट ऊच्च शिक्षा हासिल गरेका छन् ।

भर्जिनियाको अर्लिङ्गटन सेन्ट्रल लाईब्रेरीको अडिटोरियम हलमा मे १७ र २४ तारिख आईतबार भब्य समारोह आयोजना गरेरनयां राजदूत .अर्जुन कार्कीलाई अमेरिकामा स्वागत गरिदैछ ।