एनआरएनए अफ्रिकाद्वारा ५१ लाख राहत सहयोग

0 4

हिकमत थापा – एनआरएनएका अफ्रीका स्थीत  शाखाहरुले आज सम्मान रु ५१ लाख भुकम्प पिडितका लागि सहयोग एनआरएनए  सचिबालयको राहत कोष मार्फत काठमाडौँमा पठाई सकेका छन् ।

जसमा  नाइजेरियाले २० लाख, तान्जानियाले १४ लाख, केन्याले ८ लाख तिस हजार, बोत्स्वानाले ५ लाख ६० हजार, युगान्डाले तिन लाख ४० हजार रहेको छ ।

राहत संकलन जारी रहेको र ७० लाख भन्दा बढी पुग्ने अनुमान रहेको एनआरएनए अफ्रीकाका क्षेत्रिय संयोजक  हिक्मत थापाले जनाउनु भएको छ ।

घाना, मदागास्कर, जाम्बिया, इथोपिया लगायत माथिका देशहरुमा राहत संकलन अझै जारी छ ।