नेपाल मगर संघ युएईद्वारा भुकुम्प पिडित उद्दार राहत कोष स्थापना

0 5

हिक्मत रोकामगर, ९ मे युएई: नेपाल मगर संघ युएईले संघकी कोषाध्यक्ष प्रमिला थापामगरको संयोजकत्वमा, ५ सदस्यीय भुकुम्प पिडित उद्दार राहत कोष स्थापना गरेको छ |

 

५ सदस्यीय उक्त उद्दार राहत कोषमा, प्रवक्ता हेम थापामगर, संगठन विभाग प्रमुख निरु रानामगर,प्रशिक्षण विभाग प्रमुख दिप मगर,महिला विभाग प्रमुख हेमा मगर र केन्द्रिय सदस्य हस्ता पुनमगर रहेका छन् |

 

गत ८ मे शुक्रवार, आबुधाबीको मदिनाथ जायेद पार्कमा संघकी अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र भूपू अध्यक्ष हरि बहादुर घर्तिमगरको आतिथ्यमा सम्मपन्न भएको संघको ११ औं बैठकले, गत बैशाख १२ गते आफ्नो मातृभूमि नेपालमा आएको महाविनाशकारी भूकम्पले पुर्याएको, ठुलो धनजनको क्षेतीप्रति गहिरो दु:ख प्रकट र उक्त भयाभह प्रकोपमा घाइते एवं अपांगहरुको शिघ्र स्वास्थलाभको कामनाका साथै, आफन्त गुमाउनु भएका, शोकाकुल प्ररिवारजनमा धैर्यधारण गर्न शक्ति प्राप्त गर्न कामना गरेको छ |

 

बैठक पछी उद्दार एवं राहत संकलन कोष सम्वन्धमा जानाकारी दिदै, संयोजक थापामगरले, विदेशमा बसेर, मातृभूमिको यो वगेको रगत, चहराएको घाउमा मलमपट्टी लगाउन  संघले सक्दो राहत संकलन गर्ने छ र  १५ दिन भित्रमा संकलित राहत भूकम्प प्रभावित क्षेत्रमा पठाइसक्न, संघका साथीहरुलाई विशेष जिम्वेवारी दिइएकोले, सोहि अनुरुप साथीहरु मरिमेटेर राहत संकलनमा लागि पर्नुहुने छ |

 

संघको उक्त उद्दार एवं राहतकोषको अर्को बैठक आगामी शुक्रवार आबुधाबीमा पुन: बस्ने छ |