पत्रपत्रिकाबाट – वर्षौंदेखि सुकेका ढुंगेधारामा पानी आउन थाल्यो

0 3

विनाशकारी भूकम्पछि काठमाडौमा केही ढुंगेधारामा प्रशस्त पानी आउन थालेको छ।
मातातीर्थको धारा, काठमाडौ मरुको मरुहिटी, शेषनारायणको धारा कुण्ड र पशुपति क्षेत्रको वन विनायकमा रहेका ढुंगेधारामा साविक अनुसार पानी आइरहेको छ। यी धारामा केही वर्षदेखि पानी आउन छाडेकोगोरखापत्रमा खबर छ।

ठहिँटीका अमृतमान मानन्धरले मरुहिटीमा आएको पानीले आफू आश्चार्यमा परेको बताए। पानी आएका यी ढुंगेधारालाई स्थानीयवासीले कसरी सधैंका लागि संरक्षण गर्ने भनेर चिन्ता प्रकट गरिरहेका छन्। भूगर्भविद डा.विशालनाथ उप्रेतीका अनुसार भूकम्पका बेला कतै आएका पानी पानी सुक्ने र कतै सुकेका पानी फुक्ने हुन्छ । पानीको स्रोत छेवैमा घर बनेर पानी रोकिएको स्थानमा भूकम्पको हलचलले आफ्नो स्थान बनाएर पानी साविकअनुसार बहनु स्वभाविक रहेको डा. उप्रेती बताउँछन्।

उनले आएका पानीका स्रोतलाई सवै मिलेर संरक्षण गर्न पनि आवश्यक रहेको बताए। भक्तपुरमा भने हनुमन्ते खोलामा महाभूकम्पका दिन एक्कासी बाढी आएपछि अहिले त्यो जलप्रवाह रोकिएको संस्कृतिकर्मी ओमप्रकाश धौवडेल बताउँछन्।