पत्रपत्रिकाबाट – स्वास्थ्यचौकीमा पनि अब एमबिबिएस डाक्टर पठाइने

0 2

भूकम्पबाट अति प्रभावित गाविसका स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने भएको छ।

केन्द्रीय दैवी प्रकोप उद्दार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य चौकीमा डाक्टर पठाउन लागेको हो। स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले भूकम्पपछि फैलन सक्ने महामारी रोक्न प्रभावित क्षेत्रमा डाक्टर पठाउन लागिएको बताए, नयाँ पत्रिका दैनिकमा खबर छ।

छात्रवृत्तिमा अध्ययन गरेका , करारमा सेवारत तथा स्वयंसेवी डाक्टरलाई गाउँ पठाउन लागिएको उनले जानकारी दिए। सबैलाई स्वयंसेवी डाक्टरको भूमिकामा गाउँमा पठाइने र तलब-सुविधा भने दिने मन्त्रालयको तयारी छ।