पत्रपत्रिकाबाट – नेपाललाई चाहिने सहयोग अब चीनले गर्ने

0 4

मित्र राष्ट्र चीनले महाभूकम्पबाट ध्वस्त भौतिक संरचना पूर्ननिर्माणमा नेपालले चाहेजति सहयोग गर्ने वचन दिएको छ।

उत्तरी छिमेकीले त्यसका लागि आवश्यकता खुलाई प्रस्ताव गर्नसमेत आग्रह गरेको छ। चिनिया राष्ट्रपति सि जिनपिङले महाभुकम्पबाट नेपाललाई पुगेको भीषण क्षतिप्रति चासो देखाउदै सहयोग गर्ने सन्देश नेपाल सरकारलाई पठाएकोकान्तिपुर दैनिकमा खबर छ।

चिनियाँ राजदूत उ छुन्थाईले हालै प्रधानमन्त्री सुशील कोइराला लगायतसँगको भेटमा राष्ट्रपति सिको सन्देश सुनाएका हुन्। छिमेकलाई आपत पर्दा धक फुकाएर सहयोग गर्ने सिले बताएका छन।