पत्रपत्रिकाबाट – वर्षा अगावै बासस्थानको व्यवस्था अपरिहार्य : राष्ट्रसंघ

0 4

संयुक्त राष्ट्रसंघले वर्षायाम आरम्भ हुनु अगावै भूकम्पबाट प्रभावित दुर्गम भेगका सर्वसाधारणलाई वासको व्यवस्था गर्न जरुरी भएको बताएको छ।

आफूहरु सरकारी प्रयासमा सघाउन तयार रहेको जानकारी दिंदै राष्ट्रसंघका आवासीय प्रतिनिधि तथा समन्वयकर्ता जेमी म्याकगोल्डरिकले नागरिकको बासस्थान अबको प्राथमिकता भएको बताएको कान्तिपुर दैनिकमा खबर छ।

भूकम्पमा करिव दुई लाख ८५ हजार घर ध्वस्त भएकोर दुई लाख ३० हजार घरमा क्षति भएका छन्।आवासीय संयोजक गोल्डरिकले भूकम्पपीडितलाई सहयोगार्थ हालसम्म दुई करोड २४ लाख अमेरिकी डलर करिब दुई अर्व २४ करोड रुपैयाँ मात्र प्राप्त भएको जानकारी दिए ।