पत्रपत्रिकाबाट – राष्ट्रपति निवास तथा विभिन्न मन्त्रालयमा रातो स्टिकर

0 8

राष्ट्रपति निवास, सर्वोच्च अदालत, सिंहदबारभित्र रहेका रक्षा, श्रम तथा रोजगार र युवा तथा खेलकुद मन्त्रालयमा भूकम्पले क्षति पुर्‍याएकाले बस्न अयोग्य भन्दै रातो स्टिकर टाँसिएको छ।

प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय भवनका केही भागमा रातो, केही भागमा पहेंलो र केही भागमा हरियो स्टिकर टाँसिएको जानकारी मन्त्रिपरिषद्का सचिव शान्तराज सुवेदीले दिए। उनका अनुसार रक्षा, श्रम तथा रोजगार र युवा तथा खेलकुद मन्त्रालयमा पूर्ण रूपमै रातो स्टिकर टाँसिएको अन्नपूर्ण पोस्टमा खबर छ।

राष्ट्रपति भवन शीतल निवासको पश्चिमपट्टि पनि रातो स्टिकर लगाइएको छ। जुन भाग राष्ट्रपति डा। रामवरण यादवको निवासका रूपमा प्रयोग गरिएको थियो। अहिले राष्ट्रपतिको निवास नयाँ सभाभवनमा सरेको छ। रातो स्टिकर टाँसिएका भवन बस्न अयोग्य मानिन्छन्। पहेंलो स्टिकर लगाइएका घर मर्मतपछि मात्र बस्न योग्य हुन्छन्। बस्न योग्य घरमा भने हरियो स्टिकर टाँसिन्छ।