सबैभन्दा पहिला टुटेको आस्थालाई जोड्ने काम गरौँ ः डा भट्टराई

0 6

काठमाडौँ, २६ वैशाख । एनेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले राजनीतिक दलहरुप्रति जनताको टुटेको आस्था र विश्वासलाई सबैभन्दा पहिले पुनःनिर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा भाग लिँदै वरिष्ठ नेता भट्टराईले विपत्तिको बेलामा अभिभावकका रुपमा रहेको राज्य र त्यसलाई सञ्चालन गर्ने राजनीतिक दलप्रति जनताले दुःखेसो पोख्दा त्यसलाई अन्यथा रुपमा हेर्ने र विश्लेषण गर्न नहुने तर्क गर्नुभयोे ।

वरिष्ठ नेता भट्टराईले भन्नुभयो, “हाम्रो पुस्ताका सबैभन्दा त्रासदी र ठूलो दुर्घटना तथा प्राकृतिक प्रकोपका रुपमा वैशाख १२ गतेको भूकम्प भएको छ । ’’

भूकम्पपछिको अहिलेको अवस्था भनेको पुनःनिर्माण नभएर, नवनिर्माणका लागि एउटा महत्वपूर्ण अवसर हो भन्दै उहाँले आगामी दिनलाई समेत सजग तुल्याउने हिसाबले वैशाख १२ गतेको भूकम्पले चेतावनी दिएको धारणा राख्नुभयो ।

“वैज्ञानिक ढङ्गले बस्ती बनाआँै, द्रुत राजमार्ग, नदीको कोरिडोरमा सडक सञ्जालको विस्तार र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अब विशेष ध्यान पु¥याउनुपर्छ ’’ – श्री भट्टराईले भन्नुभयो ।

आफूलाई केन्द्रविन्दु राख्ने प्रवृत्तिलाई त्यागेर बृहद् एकता र राष्ट्रिय सरकारको गठनका लागि सोचाँै, पुनःनिर्माणका लागि तीन तहको संयन्त्र बनाआँै, दशौँ लाख स्वयम्सेवक र दशौँ खर्ब रकम जम्मा गरेर नयाँ नेपालको निर्माण गराँै यो नै अहिलेको राष्ट्रिय आवश्यकता हो – पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो । रासस