भूकम्प प्रभावितलाई पेट्रोलियम डिलर्सद्वारा १६ लाख प्रदान

0 9

२६ वैशाख, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले भूकम्प प्रभावितहरुका लागि १६ लाख बढी सहयोग गरेको छ ।

एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानसहितको टोलीले शनिवार प्रधानमन्त्री सुुशील कोइरालालाई भेटी १६ लाख २५ हजार रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

भूकम्प पीडितहरुकोे उद्वार, उपचार, राहत, पुर्नस्थापना तथा मुुलुकमा पुगेको अकल्पनिय क्षतिको पुर्ननिर्माण तथा राहत कार्यक्रमको लागि एशोसिएशनले देशभरका पेट्रोलियम व्यवसायीहरुबाट यो रकम संकलन गरेको प्रधानले बताए ।