जिब्रोले परेला छुनसक्ने विचित्र युवती, गिनिज बुकमा नाम लेखाउने तयारी (फोटो फिचरसहित)

0 8

उनको जिब्रो लामो छ भनेर भनिरहनु पर्दैन, जब उनले मुखबाट जिब्रो निकालेर तन्काउँदै जब आँखासम्मै पूराउँछिन् । नाकको टुप्पो तथा चिउँडो जिब्रोले लपक्कै छोप्ने कुरा उनका लागि कुनै गाह्रो होइन ।

उनको जिब्रोले अलिक प्रयास गर्नेहो भने आँखा नै छोइदिन्छ । अमेरिकाको मिचिगनकी एड्रीयन लेविसको जिब्रो ४ इन्च लामो छ । यद्यपि उनको नाम अझै गिनिज बुकमा लेखिइसकेको छैन, तथापि उनी विश्वको सबैभन्दा लामो जिब्रो भएकी मानिस हुन् ।Adrianne-Lewis with record-breaking four-inch tongue (2)

विश्वमा अहिले सबैभन्दा लामो जिब्रो भएका निक स्टोबेरीको जिब्रो केवल ३.९ इन्च मात्र लामो छ । यदि उनको जिब्रोको लम्बाइलाई गिनिज बुकले प्रमाणित गर्यो भने उनी विश्वको सबैभन्दा लामो जिब्रोधारी मानिसको रुपमा किर्तिमानी बुकमा दर्ज हुनेछिन् ।

छेपाराको जस्तै लामो जिब्रो भएकी यी १८ वर्षे युवतीको जिब्रो देखाएको तस्वीर अनलाइनमा भाइरल बनेसँगै उनले विश्वव्यापी चर्चा पाएकी छिन् अहिले ।

Adrianne-Lewis with record-breaking four-inch tongue (5)

लामो जिब्रो आफ्नो वंशाणुगत गुणको रुपमा रहेको भन्दै उनले आफ्नी आमा, हजुरआमा तथा जिजुआमाको पनि निकै लामो जिब्रो रहेको बताउँछिन् ।

आफ्नो लामो जिब्रोका कारण विद्यालयमा आफुले निकै रमाइलो गर्ने गरेको सम्झिँदै उनले यसअघि ३ पटक गिनिज बुकमा आफ्नो जिब्रोको दाबी पेश गर्दा पनि अस्विकृत भएको गुनासो गरेकी छिन् । तर पछिल्लोपटक भने आफुले गिनिज बुकमा अधिकारीबाट सकारात्मक प्र्रतिक्रिया पाएकोमा उनी मख्ख छिन् ।

Adrianne-Lewis with record-breaking four-inch tongue (1) Adrianne-Lewis with record-breaking four-inch tongue (4)