यस्तो हुनेछ समुद्रमुनिको भव्य जिन्दगी (फोटो फिचरसहित)

0 7

विश्वको सबैभन्दा अग्लो टावर बुर्ज खालिफा ठड्याएको सहर दुबइले फेरि अर्को किर्तिमान राख्दैछ । दुबइले समुद्रमुनि सुविधासम्पन्न घर तयार गर्दैछ ।

विश्वमै पहिलोपटक यस्तो पानीभित्रको आवास निर्माण हुन लागेको हो ।फ्लोटिङ सि हर्स भिल्ला नाम दिइएका ती घरहरु प्राविधिक रुपमा डुंगाजस्तै हुन् ।

तिनतले सुविधासम्पन्न घरको एउटा तला पूरै पानीभित्र हुनेछ । केवल दुइ तला मात्र बाहिर रहनेछन् । समुद्रको पानीमा तैरिने यी घरहरु डुंगाजस्तै एक ठाउँबाट अर्को सठाउँमा लग्न सकिनेछ । गोपनीयता चाहने सेलिब्रेटी तथा धनाढ्यहरुका लागि हनिमुन लगायतका विशेष अवसरमा यी घर रोजाइमा पर्ने देखिएको छ ।

पानीमुनि रहने भुइँतलामा बेडरुम हुनेछ । त्यसैले उक्त घरमा बस्ने मानिसले रातमा माछा तथा सामुदि्रक जिवको क्रियाकलाप हेर्दै सुत्न पाउनेछन् ।

क्लेन्डीन्स्ट ग्रुपले ४२ वटा यस्ता घर बनाउने योजना बनाएको छ, जसको मूल्य भने तोकिएको छैन ।

समुद्रमुनिको भव्य बसाइका काल्पनिक तस्वीरहरु यस्ता छन्

samundra  (1)

samundra  (3)

samundra  (4)

samundra  (5)