भूकम्पग्रस्त क्षेत्रमा सरकारी कर्मचारीको श्रमदान (फोटो फिचरसहित )

0 29

२६ वैशाख, भक्तपुर । झण्डै एक हजार निजामती कर्मचारी भक्तपुरका गल्लीगल्लीमा खटिएका थिए, तर खालीहात । उनीहरुसँग भग्नावशेष पन्छाउने साधन केही थिएन ।

मुख्य सचिव लीलामणि पौडेलको अगुवाइमा हरेक शनिबार हुँदै आएको बाग्मती सरसफाइ अभियानलाई स्थगित गरेर निजामती सेवाका कर्मचारीहरु भूकम्पले भत्किएका संरचनाहरुको भग्नावशेष हटाउन जुटेका हुन् । विपतमा परेका बेला विदाको समयमा सरकारी कर्मचारीहरु पीडितहरुको सहयोगमा जुट्नु प्रशंसनीय काम हो । तर, पूर्व तयारी चुस्त देखिएन ।

भक्तपुरमा माटोले जडान गरिएका अधिकांश पुराना घरहरु भत्किएका छन् । भत्किएका स्थानमा माटो, ईंटा र काठका ठुल्ठूला थुप्रा छन् । घर भत्किएर साँघुरा गल्ली मान्छे छिर्नै नसकिने गरी बन्द भएका छन् ।

Government Emplyee clearing Earth Quake Rubbles  (79)

भक्तपुरको भग्नावशेष पन्छाएर कम्तिमा मान्छे छिर्न मिल्ने बाटो बनाउने उद्देश्यसहित परिचालित कर्मचारीहरु कतिपय स्थानमा निरीह जस्तै देखिए । माटो पन्छाउनका लागि उनीहरुसँग कुनै पनि साधन थिएन । गोलमढी टोलमा परिचालित गोश्वारा हुलाककी एक महिला कर्मचारीले प्रश्न गरिन्-‘कोदालो, तावा, बेल्चा केही छैन, केले पन्छाउने यो थुप्रो ?’

१७ ठाउँमा बिभिन्न मन्त्रालय, विभाग, संस्थान लगायतका कर्मचारीहरु खटिएका थिए । उनीहरुलाई हरेक गल्लीहरु कम्तिमा मान्छे हिँडडुल गर्ने गरी खुलाउन भनिएको थियो । तर, सबैको एउटै गुनासो थियो-‘औजारै नभएकाले काम गर्न गाह्रो भयो ।’

केही कर्मचारीहरु काठले कोट्याएर ईंटा पन्छाउने कोशिस गर्दै थिए । केही स्थानीयले दिएको सीमित कोदालो र बेल्चा चलाउँदै थिए भने सीमित संख्यामा रहेकासुरक्षाकर्मीले कोट्याएका ईंटाहरुलाई पन्छाउन लागे । तर, कर्मचारीहरुको भीडमा त्यो एकदमै थोरै थियो ।

स्थानीयको गुनासो र असहयोग

गोलमढी टोलको पाटी, पसल भत्किएको सो ठाउँमा तीन जनाको मृत्यु भएको थियो । गल्सी पुखु चोकको अवस्था पनि त्यस्तै थियो । हरेक घर भत्किएका छन् । मान्छे मुस्किलले छिर्न सकिने अवस्था छ । सामानहरु छरपस्ट छन् । नभत्किएका घरहरुमा पनि मान्छे बस्दैनन् ।

यी सबै स्थिति मुख्य सचिव पौडेललाई अवलोकन गराउँदै थिए स्थानीय टोल सुधार समितिका अध्यक्ष तुलसी नारायण डण्डेख्या ।

उनका दाजुभाइका चार घर थिए । भूकम्पले सबै भत्किएका छन् । ‘९ जना पुरिएका मध्ये आमाको मृत्यु भयो । अरु घाइते भएर अस्पतालमा छन्,’ डण्डेख्याले घटनाबारे मुख्य सचिव पौडेललाई जानकारी गराउँदै भने, ‘हामी पहिले चार घरका मालिक थियौं, अहिले खुला चौरमा त्रिपालमा बसेका छौं ।’

उनले डेरा खोजे पनि नपाएको गुनासो गरे । भत्किएका ईंटा, माटो र काठ पन्छाइदिए आफूसहित ४ घरका १९ परिवार आफ्नै घर अगाडिको आँगनमा त्रिपाल टाँगेर बस्ने उनले बताए । भक्तपुरको सफाइमा स्थानीयले असहयोग गरेको सरसफाइमा खटिएका कर्मचारीहरुले गुनासो गरे । गल्ली साँघुरा छन्, घरहरु जोडिएका छन् । ईंटा, काठ एकअर्काको मिसिने भन्दै स्थानीयले कतिपय स्थानमा पन्छाउन दिएनन् ।

Government Emplyee clearing Earth Quake Rubbles  (68)

सञ्चार मन्त्रालयका उपसचिव खड्काले भने, ‘कति दुःखले ईंटा, माटो, काठ जुटाएर घर बनाइएका हुन्छन् । घर भत्किँए पनि त्यसको त मायाँ लागिहाल्छ । त्यही भएर होला केहीले हामीलाई छुनसमेत दिएनन् ।’

दोलखाको मालुबाट भक्तपुरको सफाइमा आइपुगेका गोलमेश्वर लोकतान्त्रिक युवा क्लबको टोलीको गुनासो पनि त्यस्तै थियो । ‘सरसफाइमा स्थानीयको एकदमै कम सहभागिता देखियो । हामीले काम गरिरहँदा उनीहरु हेरिरन्छन् ।’

क्लबका अध्यक्ष रविन खड्काले बज्र होटल अगाडिको घर र मन्दिर भत्किएको स्थानमा बाटो खुलाउन खोज्दा आफूहरुलाई नदिइएको गुनासो गरे । ‘एकजनाले साबेल सहयोग गर्नुभएको थियो, बाटो क्लियर गर्न खोज्दा अर्को मान्छे आएर हामीलाई छुनै दिएन,’ खड्काले भने ।

मुख्य सचिवको आश्वासन

भयावह स्थिति अवलोकन गरेपछि मुख्य सचिव पौडेलले अर्कोपटक भग्नावशेष पन्छाउने गरी औजारसहित आउने बचन दिए । उनले भने ‘कसरी पन्छाउन मिल्छ हेरौंला ।’ अर्कोपटक आउँदा गाडी र औजारसहित अलि व्यवस्थित तरिकाले आउने मुख्य सचिव पौडेलले प्रतिबद्धता जनाए ।

उपत्यकाको भूकम्प प्रभावित क्षेत्रको भनावशेष हटाउन सरकारी कर्मचारीहरुको १७ टोली फरक फरक ठाउामा खटिएको थियो । परराष्ट्रका निमित्त सचिव शंकरदास बैरागीको नेतृत्वमा कीर्तिपुरको इटागोलमा टोली खटिएको थियो ।

हरेक शनिबार भूकम्प प्रभावित क्षेत्रमा

Government Emplyee clearing Earth Quake Rubbles  (87)

सरकारले कर्मचारीहरुलाई अबदेखि भूकम्प प्रभावित क्षेत्रमा हरेक शनिबार सरसफाइमा खटाउने भएको छ । ‘हामी हरेक शनिबार वागमती नदी सरसफाइ गर्‍थ्यौं, आज भक्तपुर आएका छौं,’ मुख्य सचिव पौडेलले अनलाइनखबरसँग भने, ‘अर्को शनिबार पनि हामी भक्तपुर आउँछौं र सरसफाइ गर्छौं ।’

उपस्थित नहुने कर्मचारीको गयलकट्टा

Government Emplyee clearing Earth Quake Rubbles  (88)

सरसफाइमा कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । उपस्थित नहुनेको गयल कट्टा हुने कडा निर्देशन सहित मुख्य सचिवबाट हरेक सरकारी कार्यालयहरुमा परिपत्र गरिएको छ ।

त्यही भएर ५५ झ्याले दरबार क्षेत्रमा खटिएका प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु फाइलमा राखिएका पाना पल्टाउँदै आफ्नो नाम खोजेर हस्ताक्षर गर्दै थिए ।

गोलमढी टोलमा गोश्वारा हुलाकका कर्मचारीहरुसँग कुरा गर्दै डायरीमा टिपोट गरिरहको अनलाइनखबरकर्मी भए ठाउँमा एक कर्मचारी हतार हतार गर्दै आइपुगेर भने, ‘हाम्रो हाजिर गर्दै हो सर ? म पनि आएको छु है । मेरो नाममा पनि हाजिरी जनाइदिनुहोला ।’

Government Emplyee clearing Earth Quake Rubbles  (63)

Government Emplyee clearing Earth Quake Rubbles  (64)

Government Emplyee clearing Earth Quake Rubbles  (66)

Government Emplyee clearing Earth Quake Rubbles  (69)

Government Emplyee clearing Earth Quake Rubbles  (70)

Government Emplyee clearing Earth Quake Rubbles  (71)

Government Emplyee clearing Earth Quake Rubbles  (72)

Government Emplyee clearing Earth Quake Rubbles  (73)

Government Emplyee clearing Earth Quake Rubbles  (75)

Government Emplyee clearing Earth Quake Rubbles  (76)

Government Emplyee clearing Earth Quake Rubbles  (78)

Government Emplyee clearing Earth Quake Rubbles  (81)

Government Emplyee clearing Earth Quake Rubbles  (83)

Government Emplyee clearing Earth Quake Rubbles  (84)

Government Emplyee clearing Earth Quake Rubbles  (85)

Government Emplyee clearing Earth Quake Rubbles  (86)

Government Emplyee clearing Earth Quake Rubbles  (96)