जेल जानबाट जोगिए सलमान खान

0 8
काठमाडौं : ‘हिट एन्ड रन’ घटनामा मुम्बर्इ हार्इ कोर्टले बलिउड स्टार सलमान खानलार्इ जमानतमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार भएको बहसका क्रममा शेसन कोर्टले बुधबार दिएको ५ वर्षको सजाय निलम्बन गर्दै हार्इ कोर्टले  जमानतमा रिहा गर्न आदेश दिएको हो ।

मुम्बर्इ हार्इ कोर्टका न्यायाधीश अभय थिप्सेले सलमानको निवेदनमा सुनुवार्इ गर्दै जमानतमा छोड्ने आदेश दिएपछि उनले राहत पाएका छन् । हार्इ कोर्टले यो आदेश दिएपछि सलमानले सेशन कोर्टमा आत्मसमर्पण गरी ३० हजार भारतीय रुपैयाँ ‘बेल बन्ड’ भरेपछि उनी उनी जेल जानुपर्ने छैन ।

अदालतले सलमानका नाममा आदेश दिँदै स्वयम् अदालतमा आएर जमानत बुझी जान भनेपछि उनका फ्यान र परिवारमा खुसियाली छाएको छ । शेसन कोर्टले फुटपाथमा सुतिरहेका मानिसलार्इ गाडीले कुल्चेको घटनामा सलमानलार्इ दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

सलमानमाथि २८ सेप्टेम्बर २००२ को राति मादक पदार्थले मातेको अवस्थामा फुटपाथमा सुतिरहेका मानिसमाथि गाडी कुदाएको आरोप छ । ४ जना गम्भीर घाइते र एकजनाको ज्यान गएको सोही घटनामा सलमानलार्इ १३ वर्षपछि जेल सजाय भएको हो ।

मुम्बई सेशन कोर्टका न्यायाधीश डिडब्लू देशपाण्डेले यो मामिलाको सुनुवार्इ गर्दै सलमान यो घटनामा दोषी ठहर गरेका थिए । देशपाण्डेले सलामन मातेको अवस्थामा रहेको र उनीविरुद्ध लागेका सबै आरोप प्रमाणित भएको जनाएका थिए ।